arrow

मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
biraj_bhakta_s.jpg

काठमाडौँ । पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल हुने भएको छ । 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताएका छन् । 

शनिबार मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रस्तावमा काम गर्ने बताएका हुन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दुई महिना अगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्फत प्रस्ताव ल्याएका थिए । 

सोही प्रस्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

साथै उनले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ