arrow

कांग्रेसले राजीनामा मागेर वेल घेराउ गरेपछि गृहमन्त्री लामिछानेले यसो भने [भिडियो]

आजबाटै सुन तस्करी प्रकरणमा जोडिएका सबैलाई कारबाही 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
rav-lamichhane-12-02.jpg

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै वेल घेराउ गरेको छ । कांग्रेसले संसद अवरोध गरेपछि संसद बाहिर निस्किँदै गर्दा गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन् । सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै कांग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताएका हुन् । 

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेको प्रश्नसहित कांग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा रहेको बताए । 

उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्यान्डेटको शक्तिमा काम गरिरहने बताए । उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि बताए ।

उपप्रधानमन्त्री लामिछानेले भने, ‘भित्र त संसद बैठक कांग्रेसले अवरुद्ध गरेजस्तो देखिएको थियो । यहाँ आइपुग्दा हामीले गरेजस्तो देखियो । हामीले गरेनौँ । यो उहाँहरूलाई लागेको हो । केही छैन उहाँहरूले भन्नुभयो । संसद्मा विधेयक नै प्रस्तुत गर्न नदिने, कानूननै बना उहाँ नदिने भने त के गर्न सकिन्छ र । जवाफ दिनका लागि तयार नै छु । जवाफ सुनेपछि उहाँहरू बेहोस हुने हो कि थाहा छैन। कानून बनाउहाँे प्रक्रिया त रोक्नु भएन नि । कुन कुरा सडकमा गर्ने, कुन कुरा सदनमा गर्ने भन्ने कुरा नेपाली कांग्रेस जस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ ? हामी पडाउँदैनौँ । कांग्रेसले आफैँ पढोस् । डेढ वर्ष अघि आएको पार्टीले यो सकियो । सभामुखले रुलिङ गरिसक्नु भएको छ । ६ गते प्रधानमन्त्रीले जवाफ दिँदै हुनुहुन्छ । अब मलाई सभामुखले रुलिङ भएको एक छिनमा नौ मिनेट १८ सेकेन्डमा यो सबै कुरा क्लियर गरिदिन्छु । यो अवरुद्ध पार्ने काम गलत हो । कानून पास गर्नु पर्छ भन्ने कुरा हो । मलाई लाग्छ–एउता कुरामा अडिरहनु हुँदैन । त्यसका लागि प्रक्रिया छ नि त । जवाफ दिन तयार छु । सभामुखको रुलिङको प्रतीक्षा गरिरहेको छु । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गरिसक्नु भएको छ । अव यत्रा चिजहरू छन् । यही एउटा चिज मात्र कांग्रेसले पाएको भए कांग्रेसलाई गफ गर्ने चिजहरू आज बेलुकाबाट पनि आउँछ ।' 

उनले आजबाटै सुन तस्करीका प्रकरणमा जोडिएकालाई कारबाही हुने बताए । उनले आफू कति दिन गृहमन्त्री हुन्छु भन्ने थाहा छैन तर आजको दिन अन्तिम दिन हो भनेर काम गर्न प्रतिबद्ध भएर आएको बताए । सुन तस्करीमा संलग्नहरूले कसैले पनि उन्मुक्ति नपाउने पनि बताए । 

उनले भने,' सुन तस्करीको विषयमा प्रतिपक्षमा हँदाखेरीदेखि नै उठाएको विषय यहाँहरूलाई अवगत नै छ । यो त्यतिखेर बनेको एउटा आयोग हो । त्यो आयोगले प्रतिवेदन बुझाएको छ । बुझाएको प्रतिवेदनमा मेरो हात पर्ने बित्तिकै त्यसलाई अध्ययन गरेर प्रधानमन्त्रीलाई बुझाएर र प्रधानमन्त्रीले गो अ हेड जे छ त्यही भनिसकेपछि त्यस सम्बन्धी कुरा अगाडि बढेको छ । काहीँ कतै कसैसँग कुनै कम्पमाईज हुँदैन । आयोगले दिएको प्रतिवेदनमा भएका विषयवस्तुमा टेकेर रिइन्भेष्टिगेशन हुन्छ । जजसलाई उन्मुक्ति दिन खोजिएको छ । उन्मुक्ति दिनेहरूमाथि पनि कारबाही हुन्छ । उन्मुक्ति पाएकाहरूले केही समय रमाए होलान् । कोही रमाउन पाउँदैन । कोही छुट्दैन । काहीँ कसैले प्रभावित पारेको छ भने त्यसलाई निर्ममतापूर्वक घेरिने छ । म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन । तर मेरा लागि आजको दिन अन्तिम दिन हो भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिबद्ध भएर आएको छु । ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ