arrow

केएमसीको टोलीबाट काठमाडौँको कीर्तिपुरमा आठ सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
kmc-80-12-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरको आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८७ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण र ९६ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ