arrow

दुई जना मोटरसाइकल चोर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
bike-chori-baglungpolice.jpg

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको लिवाङ नगरपालिका वडा नं. ५ का ३६ वर्षका राज विक र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ का वर्ष २८ का प्रकाश घर्ती रहेका छन् ।

प्रहरीका अनुसार पर्वत कुश्माका सुदीप नेपालीको ध१प ३६०१ र बागलुङ नगरपालिका शिवधाराचोकस्थित गिरी वर्कसपबाट ग१०प ९३९३ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सूचना प्रहरीमा पुगेको थियो ।

नेपालीको सोमबार राति ९ः३० बजे र गिरी वर्कसपको सोमबार बिहान ७ बजे मोटरसाइकल हराएको थियो ।

प्रहरीले चेकजाँचका क्रममा हराएका दुवै मोटरसाइकलसहित विक र घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

पक्राउ परेका दुवैबिरुद्ध चोरी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ