arrow

लागू औषधसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
roshan-adhikari-kaskipolice.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २० भलामका २७ वर्षीय छावा भन्ने रोशन अधिकारी छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी जिल्ला अदालत कास्कीमा हाजिर गराई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

जिल्ला अदालत कास्कीले अधिकारीलाई गत कात्तिक ७ गते लागू औषधसम्बन्धी मुद्दामा दुई वर्ष छ महिना कैद सजाय र एक लाख छ हजार जरिवाना साथै पीडित राहत कोषमा चार हजार दुई सय ४० रुपैयाँ दाखिला गर्नुपर्ने फैसला गरेको थियो ।

अधिकारीले दुई वर्ष एक महिना २५ दिन कैद सजाय, जरिवाना र पीडित राहत कोषको समेत गरी एक लाख १० हजार दुई सय ४० जरिवाना भुक्तान गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ