arrow

चोरी मुद्दामा फरार पाण्डे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
homenath-panday.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले चोरी मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका वडा नं.४ का बर्ष २५ का होमनाथ पाण्डे रहेका छन् ।

जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका पाण्डेलाई पक्राउ गर्नका लागि फैसला कार्यान्वयन विशेष टोली परिचालित गरिएको प्रहरीले जनाएको छ । 

सोमबार पक्राउ परेका पाण्डेलाई फैसला कार्यान्वयनका लागि आज कारागार पठाइएको गोरखा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश श्रेष्ठले जानकारी दिए । 

अदालतले पाण्डेलाई १ महिना ३ दिन कैद सजायँ र ३५ हजार ८५ रुपैयाँ जरिवाना तोकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ