arrow

नेपाल–भारत सीमा नजिक प्यारा ताल

पर्यटक तान्न सिंगारिँदै सदावहार जलाशय प्यारा ताल [तस्बिर]

सरकारी सरोकारवाला निकायको नजरबाट ओझेलमा परेपछि प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै ताल परिसरमा पर्यटकलाई आकर्षण गर्न नागरिक तहबाट संरचनाहरू धमाधम निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
pyaratal-tourism-(4).jpg

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासस्थित सदावहार जलाशय प्यारा तालको पर्यटन विकासका लागि नागरिक स्तरबाट अभियान शुरु गरिएपछि ताल परिसरमा आन्तरिक पर्यटकहरूको आकर्षणका लागि सिंगार्ने क्रम शुरु भएको छ ।  

सरकारी सरोकारवाला निकायको नजरबाट सधैं ओझेलमा पर्दै आएको प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै अहिले ताल परिसरमा पर्यटकहरुलाई आकर्षण गर्न धमाधम संरचनाहरू निर्माण गरिएको छ ।

नेपाल–भारत सीमा नजिक रहेको प्यारा तालको पर्यटन विकासका लागि शुरु गरिएको अभियानमा नागरिकको स्वतस्फूर्त सहयोगले हालसम्म ताल परिसरमा सेल्फी स्पट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा तयार पारी अवलोकनका लागि ताल परिसरमा राखिएको कञ्चनपुरका पत्रकार तथा अभियानका संयोजक दीपेन्द्र बस्नेतले जानकारी दिए ।

प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन विकास गर्न ताल परिसरमा सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र झुला निर्माणको काम चालु रहेको बस्नेतले बताए । 

विश्वमै दुर्लभ मानिएको जलचर ओद ओटर, सुन गोहोरो, दुर्लभ मानिएको पहेँलो धुरे कछुवा लगायतका जलचर प्राणीहरुको मुख्य वासस्थानका रुपमा प्यारा ताल रहेको छ ।

जैविक हिसाबले सुदूरपश्चिमकै उत्कृष्ट जलाशय हुँदाहुँदै सरसफाइ, विकास निर्माण र प्रचारप्रसारको कमीले ताल ओझेलमा पर्दै आएको थियो । 

तालमा पर्यटन विकास र प्रचारप्रसारका लागि सम्बन्धित सरोकारवाला निकायहरुले बेवास्ता गर्दै आएपछि नागरिक स्तरबाट स्वतस्फूर्त अभियान शुरु गरिएको प्यारा तालको पर्यटन विकासको नागरिक अभियानका सचिव प्रेमप्रसाद जैसीले बताए । 

pyaratal-tourism (5).jpg
pyaratal-tourism (6).jpg
pyaratal-tourism (7).jpg
pyaratal-tourism (1).jpg
pyaratal-tourism (2).jpg
pyaratal-tourism (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ