arrow

मोबाइल चोरी आरोपमा युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
suman-baram-gorkhapolice.jpg

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले मोबाइल चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँँपालिका वडा नं ८ जराङ घर भइ हाल गोरखा नगरपालिका वडा नं ७ पुरानो बसपार्क बस्ने बर्ष २९ का सुमन बराम रहेका छन् ।

प्रहरीका अनुसार फागुन २५ गते दिउँसो ४ बजे गोरखा नगरपालिका-५ पस्लाङस्थित कैलाश आलेको घरको कोठाबाट आइफोन एक्स मोवाइल चोरी भएको भन्दै मोवाइल धनीले शंकास्पद व्यक्तिको विवरणसहित उजुरी दिएका थिए ।

त्यसपछि फागसन आइतबार खानतलासी गर्नेक्रममा आलेको चोरी भएको मोवाइल बरामकै साथमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका बरामबिरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ