arrow

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
prachanda-goverment-2080-11-17-1.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । 

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रूपमा नारायण दाहाल उम्मेदवार बन्ने निर्णय गरेको हो ।

 बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । उनका अनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताए ।

उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रूपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरूको नाम पनि चर्चामा थियो । केही साथीहरूको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ’

नारायण दाहाल २०७८ सालमा राष्ट्रपति विद्यादेवी बाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । उनको राष्ट्रिय सभामा चार वर्षको कार्यकाल बाँकी छ । 

 प्रचण्डका सल्लाहकारका रूपमा उनको अनुभव छ भने माओवादीको स्थायी कमिटी सदस्य हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ