arrow

अब कुनै पनि दलले चुनावअघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन- गगन थापा [भिडियो]

नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा छ त्यसले निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
gagan-thapa-11-26.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कुनै पनि दलले चुनावअघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन् । आइतबार ललितपुरको गोदावरीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए । उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए । उनले केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको बताए । उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताए । उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए । 

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठुलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाला । एउटा कुरा मलाई खुसी लागेको छ । यो चुनाव भन्दाअघि पार्टीहरू मिलेर, चुनावमा जाने । खास त्यो पार्टीहरू मिल्ने नै होइन, नेताहरू मिल्ने हो । नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो । थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ । नेपालको राजनीति प्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ । यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ ।’

महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै आपत्ति जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ