arrow

भिडियोमा मिथिला माध्यमिकी परिक्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
madhyamiki-mithila.jpg

काठमाडौँ । ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत् शुरु भएको छ । पन्ध्र दिने परिक्रमामा नेपाल र भारतका हजारौँ सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको छ । परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदल यात्रा गरिन्छ । सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला बिहारी नगरपालिका–८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । 

कौचरीको मिथिला बिहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्ने, २९ गते भारतकै फूलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्नेछन् । 

फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने बताइएको छ । त्यसै गरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम छ । चैत ४ गते कञ्चनवन पुगेर त्रेता युगमा राम र सीताले होली मनाएको लोक मान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने बताइएको छ । 

चैत ५ गते धनुषाको पर्वता (क्षीरेश्वरनाथ महादेव स्थान) मा विश्राम गर्नेछन् र चैत ६ गते धनुषा धाममा धनुष मन्दिरमा पुगेर विश्राम गर्ने कार्यक्रम छ । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणा स्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवत रूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तर गृह परिक्रमा गरी समाप्त हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ