arrow

महाशिवरात्रीमा केएमसीले पशुपतिमा गर्‍यो ३१ सय भन्दा बढीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
kmc-pashupati-80-11-25.jpg

काठमाडौँँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले महाशिवरात्रीको अवसरमा शुक्रबार पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति मन्दिर परिसरमा भएको उक्त स्वास्थ्य शिविरमा ३१ सय भन्दा बढी दर्शनार्थीको उपचार गरिएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

१३ जनाको चिकित्सकीय टोलीले उपचारसँगै निःशुल्क औषधि वितरण गरेको थियो । त्यस्तै एम्बुलेन्स सेवासमेत निःशुल्क प्रदान गरिएको थियो । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ