arrow

सशस्त्र प्रहरीका डीएसपीद्वारा आत्महत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
apf-armed-police-force-logo.jpg

मोरङ । मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ले आत्महत्या गरेका छन् । मोरङको सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत् डीएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन् ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

‘हामीलाई जानकारी भर्खरै आएको हो, घटनास्थलमा टोली गएको छ,’ दाहालले भने।  घटनाको विस्तृत विवरण आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ