arrow

श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
mahayagya-pokhara.jpg

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मूल समारोह समितिले आगामी वैशाख १ देखि १० सम्म महायज्ञ गर्न लागेको हो ।

१० दिनसम्म चल्ने महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्त श्री विभूषित ज्ञानान्द सरस्वती महाराज प्रमुख वाचक रुपमा रहने संयोजक लक्ष्मण पौडेलले आइतबार पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीशहरुको उपस्थिति हुनेछ । सप्ताह ज्ञानमहायज्ञबाट बचत रकम वैदिक गुरुकुल सञ्चालनमा सहयोग गरिने छ ।

मुलुकको धर्म, संस्कार र संस्कृतिप्रति गम्भीर रहँदै आफूहरुले उक्त महायज्ञ कार्यक्रम तय गरेको पौडेलले बताए ।

धर्मसंस्कृतिमाथि अतिक्रमणप्रति सजग रहँदै धार्मिक तथा सामाजिक जगतलाई सदभाव र एकताको सन्देश प्रवाह गर्न महायज्ञ आयोजना गरिएको हो ।

अन्योलबाट गुज्रिँदै गरेको विषम् परिस्थितिमा अनेकौ वाद दर्शन र विचारले दिग्भ्रमित पारिरहेको अवस्थामा यो किसिमको महायज्ञले छुट्टै सन्देश दिने उनको भनाइ थियो ।

महायज्ञमा योगाभ्यास, भागवत् पाठपारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली, प्रसाद ग्रहण, कर्ता भोजन, भजनकीर्तन लगायतका कार्यक्रम गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ