arrow

प्रचण्ड र देउवा वान–टु–वान वार्तामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र देउवाबीच वान–टु–वान वार्ता भएको हो । बिहान हुने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै अहिलेको राजनीतिक उतारचढावलाई सहमतिमा लैजाने अन्तिम प्रयास स्वरुप देउवा बालुवाटार गएका हुन् ।

देउवासँग पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन् । तर खड्का बैठकमा बसे नबसेको यकिन छैन । बालुवाटार स्रोतका अनुसार वान–टु–वान वार्ता भएकाले खड्का बसेका छैनन् । 

यद्यपि देउवासँग छलफलमा बस्नुअघि माओवादीका शीर्ष नेताहरुले छलफल गरेका थिए । 

यता एमाले पनि छलफलमै रहेको छ । उता संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक पारित गर्नका लागि समितिको बैठक प्रभावित भएको छ । बैठक बस्नै सकेन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ