काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
आज बिहान साढे ११ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल शुरु हुनेछ ।
आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्याण्ड्स ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।
नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेट रनरेट राम्रो भएका कारण दुई टोलीको खेल अगावै फाइनल पुगिसकेको छ । नेपाल फाइनलमा, नेदरल्याण्ड्समाथि ६ विकेटको जित