arrow

सांसद शर्माको केएमसीको टोली अर्घाखाँचीमा, १६ सय बिरामीको निःशुल्क उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
kmc-arghakhanchi-(10).jpg

सन्धिखर्क । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविर गरेको आयोजना गरेको छ । 

सुशील कोइराला स्मृति प्रतिष्ठान र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिका २ मा रहेको अर्घाखाँची आवासीय माविको आनन्दपुर माविमा भएको स्वास्थ्य शिविरमा १५ सय ८५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १०७ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण, १२५ जनाको भिडियो एक्सरे र ६५ जनाको ईको गरिएको थियो ।

त्यस्तै ६० जनाको दाँत खोलिएको थियो भने ४५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

सन्धिखर्कका मेयर कृष्ण श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं सुशील कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले शुभकामना मन्तव्य राखेका थिए । 

केएमसीका प्रबन्धक दाहालले शिविर सम्बन्धी प्रकाश पारेका थिए । शल्यक्रियाका लागि रेफर गरिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उनले बताए । 

डा. शर्माको टोलीले फागुन २० र २१ गते रोल्पामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-arghakhanchi (1).jpg
kmc-arghakhanchi (2).jpg
kmc-arghakhanchi (3).jpg
kmc-arghakhanchi (4).jpg
kmc-arghakhanchi (5).jpg
kmc-arghakhanchi (6).jpg
kmc-arghakhanchi (7).jpg
kmc-arghakhanchi (8).jpg
kmc-arghakhanchi (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ