arrow

सांसद शर्मा नेतृत्वको केएमसीको टोली गुल्मीमा, ३२ सय बिरामीको निःशुल्क उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
kmc-gulmi-(3).jpg

तम्घास । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहेका छन् । सो क्रममा केएमसीको टोली गुल्मी पुगेको छ ।  

टोलीले गुल्मीको इस्मा गाउँपालिकामा बिरामीहरुको निःशुल्क उपचार गरेको हो । सुशील कोइराला स्मृति प्रतिष्ठानकोको आयोजना र इस्मा गाउँपालिकाको सहआयोजनामा आनन्दपुर माविमा बिरामीहरुको उपचार गरिएको हो । 

दुई दिने स्वास्थ्य शिविरमा ३ हजार १५० बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ११६ जनाको ईसीजी, २६६ जनाको ल्याब, ३१८ जनाको भिडियो एक्सरे र १२३ जनाको ईको गरिएको थियो ।

त्यस्तै ८७ जनाको दाँत खोलिएको थियो भने १०९ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काको सभापतित्व तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं सुशील कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा, लुम्बिनी प्रदेश सभा सदस्यद्धय निमा गिरी र डिल्लीराज भुसाल, नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, माओवादी केन्द्र गुल्मीका इन्चार्ज वीरबहादुर कार्की तथा गुल्मीका सीडीओ कृष्णप्रसाद शर्मा अतिथिका रुपमा रहेका थिए । 

पालिकाकी उपाध्यक्ष पार्वती कुँवरले उक्त कार्यक्रममा स्वागत भाषण गरेकी थिइन् । 

डा. शर्माको टोलीले फागुन १९ गते शनिबार अर्घाखाँची तथा २० र २१ गते रोल्पामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । अपरेशनका लागि रेफर गरिएका सबैको निःशुल्क उपचार हुने पनि प्रबन्धक दाहालले बताएका छन् । 

डा. शर्मा भने पाल्पाको रामपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरपछि फर्केका छन् । उनका बुबा बिरामी भएर नोबल मेडिकल कलेजमा उपचाररत रहेकामा डा. शर्मा फर्केर बुबालाई हेरचाह गर्न पुगेका हुन् । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-gulmi (4).jpg
kmc-gulmi (5).jpg
kmc-gulmi (6).jpg
kmc-gulmi (7).jpg
kmc-gulmi (8).jpg
kmc-gulmi (9).jpg
kmc-gulmi (1).jpg
kmc-gulmi (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ