arrow

सरकारको समीक्षा

प्रधानमन्त्रीको स्वीकार- विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छ [भिडियो]

लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
prachanda-goverment-2080-11-17-1.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो सङ्केत नभएको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

 उनले नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताए । उनले मन्त्रालयहरू तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे । 

उनले यो स्थित जटिल परिस्थितिको सङ्केत भएको बताए । राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्ने गरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए । उनले । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस ग¥यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताए । उनले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए ।

उनले भने , ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरू तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको सङ्केत होइन । यो निकै नै जटिल परिस्थितिको सङ्केत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्ने गरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस ग¥यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ । राजनीतिक नेतृत्वमा कुनै किसिमको असहजता देखा पर्दा त्यसको प्रभाव प्रशासनमा पर्दछ । यो अन्तरबिरोधलाई पनि समयमै चिनेर त्यसलाई हल गर्ने उपाय खोज्नुछ । त्यसमा दृढताका साथ अघि बढ्नुपर्छ । एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती छ । सिंहदरबारको स्थिति कस्तो छ भन्ने समीक्षा गर्दा सिंहदरबार त विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा त्यस्तो नभइरहेको अनुभूति हामीलाई भएको छ । कामकाजलाई नयाँ गति दिने सङ्कल्प गरिएको थियो तर एक दुई महिना बित्दा नबित्दै शिथिल हुन खोजेको छ ।’

प्रधानमन्त्री दाहालले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताए । उनले कामकाजलाई नयाँ गति दिन गरिएको सङ्कल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताए । 

उनले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरूअनुसार काम हुन नसकेको बताए । उनले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताए । उनले मनोगत ढङ्गबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताए । प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रूपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखा परेको बताए । 

उनले माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशत मात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त शुरु नै हुन नसकेको अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै शुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमतामाथि नै प्रश्न उठेको बताए ।

उनले भने, ‘हाम्रा प्रतिवद्धताहरु अर्को ठाउँमा छन् । हामीले गएको श्रावण महिनामा आफैँले तयार पारेका माइलस्टोनहरु जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो । त्यति बेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौँ । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरु अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखा परेको छ । हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौँ । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्ने कुरा देखियो । हामीले माघ मसान्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशत मात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त शुरु नै हुन नसकेको देखियो । चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै शुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमतामाथि नै प्रश्न उठेको छ । माघसम्म कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र सङ्कलन भएको देखिन्छ । अझ पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको छ । पुँजी निर्माण नभई विकासले गति लिँदैन भन्ने कुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ