arrow

प्रदेश राजधानीबाट लुक्ला माउन्टेन उडानको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
lukla.jpg

सोलुखुम्बु ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताएका छन् । 

उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताए । 

विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना छिट्टै कार्यान्वयनमा आउने बताए । 

“खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ”, उनले भन्नुभयो, “यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।”

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए । 

प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ