arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेन्डर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
gautam-buddha-cricket-agree.jpg
तस्बिर – फाइल ।

चितवन । चितवनको भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरेको हो । 

ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ । महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रंगशालाको लागि आर्थिक अभाव भएपछि रंगशालाको काम रोकिएको थियो ।

 फाउण्डेशनले निर्माण सामग्रीको करिब १८ करोड रुपैयाँ उधारो रहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ