arrow

युद्धविरामका लागि कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ । हाल इजरेली घेराबन्दी र बमबारीको चपेटामा रहेको गाजा पट्टीमा युद्धविराम गर्ने विषयमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी गरेको इजिप्टको अल-काहेरा समाचारले उल्लेख गरेको छ।

"हालैको पेरिस बैठकमा छलफल भएको कुरालाई निरन्तरता दिँदै दोहा र कायरो छलफल इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरेलका विशेषज्ञहरूको सहभागितामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने," अल- काहेरा न्युजले इजिप्टका एक जना अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

दोहा र कायरोमा भएको वार्ताले प्यालेस्टिनी कैदी र इजरेली बन्धकहरूको आदानप्रदानका साथै गाजामा युद्धविराम गर्ने सहमति निकट पुगेको बताइएको छ।

गाजा-शासक हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरेलमा घातक आक्रमण गरेपछि इजरेलले गाजामा आक्रमण तीव्र पारेको छ । सो आक्रमणमा करिब १ हजार २०० इजरेलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरेली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन् ।

इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरेल र हमास बीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो । सो युद्धविराममा प्यालेस्टिनी कैदीहरू र इजरेली बन्धकहरू आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ