arrow

एमालेले माग्यो गृहमन्त्रीसहित चार मन्त्रीको राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
padam-giri-2080-03-29.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीसहित चार मन्त्रीको राजीनामा माग गरेको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहनुभएका स्वास्थ्य मन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटन मन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए । उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरे पनि सरकारले बेवास्ता गरिरहेको बताए । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने बताए ।

उनले भने, ‘हामी गत ६ गतेदेखि संसद्ा बालकुमारी घटनाका दोषी भौतिक मन्त्री र बालकुमारी घटनामा गोली ठोक्न आदेश दिने गृहमन्त्रीको विरुद्धमा आवाज उठाइरहेका छौँ । अख्तियारको छानबिनमा रहेका स्वास्थ्य मन्त्री मन्त्री पदमा बस्न कि मल्दैन । उनको राजीनामा मागिरहेका छौँ । रामग्राम लिजमा दिने पर्यटन मन्त्रीको राजीनामा मागिरहेका छौँ । हामीले संसद्मा हप्तौँ दिनदेखि कुरा उठाउँला सरकार सुन्न तयार छैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिरी हिँडिरहनुभएको छ । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्दैन । सरकारले बलमिच्याईं गरेर अघि बढ्दा माग सम्बोधन हुन सकेका छैनन् । दोषी मन्त्रीहरूलाई तत्काल बर्खास्त गरोस् । म माग गर्न चाहन्छु । हामी देशका जल्दा बल्दा मुद्दा उठाएर आएका छौँ । मिटरब्याजी पीडित आन्दोलनमा छन् । उनीहरूको आवाज सुनिएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ