arrow

सुनका गरगहना र नगद चोरी गर्ने तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
sun-chor-kaski.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब ८ लाख रुपैयाँ बराबरको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा ३ जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ३ घर भई पोखरा-२६ बस्ने विशन रानाभाट, दोलखा घर भई पोखरा-९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी नगरपालिका ढोरफिर्दी घर भई पोखरा २६ बस्ने अर्जुन नेपाली छन् ।

उनीहरुले पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरस्थित सम्पदा टोलबाट सुनका गरगहना र नगद चोरी गरेका थिए ।

उनीहरुको साथबाट माईली तिलहरी १ थान, मंगलसूत्र २ थान, झुम्का २ थान, बेरुवा औंठी १ थान, जाली औंठी १ थान र नगद १ लाख १६ हजार रुपैयाँ बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले फागुन १ गते पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबिरुद्ध चोरीसम्बन्धी मुद्धामा ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ