arrow

महासचिवको बचाउमा एमाले

संसद्का महासचिव पाण्डेयमाथि छानबिन गरी कारबाही गर्न एमालेको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
padhmaprasad-pandey-parliament.jpg

काठमाडदँ ।  नेकपा(एमाले) ले सङ्घीय संसदf महासचिव पद्मप्रसाद पाण्डेयलाई छानबिन गरी कारबाही गर्न चुनौती दिएको छ । 

शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै एमाले सचेतक महेशकुमार बर्तौलाले सङ्घीय संसद्को महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्ने गरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

शुक्रबार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसद्को महासचिवको ३ वटा नागरिकता र २ वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए । सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए । 

उनले महासचिवको विषय अदालतबाट सफाइ पाइसकेको विषय भएको पनि बताए । उनले आगामी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विवादित मन्त्रीहरूलाई बर्खास्त गरेको जवाफसहित संसद्मा सम्बोधन गर्न आउन माग समेत गरे ।

उनले भने – ‘संसद्ले बनाएको तालिका बमोजिम १३ र १४ गते हाम्रो बैठक छ । उपयुक्त समयमा समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्यूलाई रह्यो । सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यी सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु । सार्वभौम जनताले निर्वाचित गरेर पठाएको सांसद तिमीले अहिले भर्खर राजीनामा दिनुपर्छ, रत्नपार्क, टुँडिखेलमा जाऊँ भन्ने गरी कोही अमुक सांसदले यो संसद्मा त्यस प्रकारको प्रक्रियामा सहभागी हुने मिल्छ ? यो संसद्को समग्र चरित्र, विधि, प्रक्रियासम्मत विषय हो ? सभामुखलाई रुलिङ गर्ने यो नियमावलीले हामी सांसदहरूलाई कहाँ अधिकार दिएको छ ? हामी सांसदहरूले यति कुरा जान्नुपर्छ कि पर्दैन ? सभाको महासचिवमाथि लक्षित भएर व्यक्तिगत लाञ्छना लगाउने गरी, चरित्र हत्या गर्ने गरी विषयवस्तु आउने सांसदको तहबाट त्यो मिल्यो कि मिलेन ? यदि माननीय सदस्यहरूले भनेकै जस्तो हो भने सरकारका प्रधानमन्त्री त यहाँकै दलको हुनुहुन्छ । गृहमन्त्री त यहाँकै दलको हुनुहुन्छ । किन यति धेरै कष्ट गरिरहनुपर्छ यहाँ आएर ? कारबाहीको प्रक्रिया, छानबिनको प्रक्रिया, अनुसन्धानको प्रक्रिया सरकारले गर्ने होला । अनि ती विषयवस्तु उठाउनुपर्ने दायित्व के प्रतिपक्षको सांसदहरूको मात्रै हो र ? यदि यस्तो गलत प्रक्रिया भएका छन् भने जोसुकैको हकमा छानबिन गरोस् । दण्डित गरोस् दोषी देखिएमा । नत्र अदालती प्रक्रियामा समेत साफ भएको विषय हो ।’

उनले सरकार प्रतिनिधि सभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसद्मा ल्याउने तागत एमालेसँग रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ