- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पूर्वी स्पेनको भ्यालेन्सियामा बिहीबार साँझ एक १४ तले आवासीय भवनमा आगलागी भएको छ । आगलागीमा केही मानिसहरू फसेको हुनसक्ने आशङ्का गरिएको र उद्धार कार्य अझै जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म कसैको पनि मृत्युको पुष्टि भएको छैन । कम्तीमा सात जनालाई सामान्य चोटपटक लागेको बताइएको छ । भवनभित्र केही मानिस फसेको आशङ्का गरिएको छ ।
साँझ साढे ५ बजे लागेको आगो कसरी आगलागी भयो भन्ने खुल्न सकेको छैन । प्रत्यक्षदर्शीहरूले ६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले आगो अविश्वसनीय रूपमा छिटो फैलिएको र ३० मिनेटभित्रै लगभग सम्पूर्ण भवन आगोले ढाकेको बताएका छन् ।
क्यास्टेलोन र एलिकेन्टेका छिमेकी क्षेत्रहरूका फायरकर्मीहरू, साथै स्पेनको सैन्य आपत्कालीन इकाईका सदस्यहरू,लाई आगो नियन्त्रण गर्न परिचालन गरिएको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बिहीबार साँझ ट्वीट प्रकाशित गर्दै“भ्यालेन्सियाको एउटा भवनमा भएको भयानक आगलागीबाट स्तब्ध भएको र भ्यालेन्सिया क्षेत्रका प्रमुख र शहरका मेयरसँग कुरा गरेको बताए ।