arrow

रणनीति बुन्दै एमाले

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन यी विषयमा भयो छलफल [भिडियो]

प्रस्तुत कार्ययोजनालाई बिहीबार केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
uml-logo-11-09.jpg

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरूले पार्टीको संसदीय भूमिका कमजोर भएको आवाज उठाएका छन् । बुधबार च्यासलमा केन्द्रीय कमिटी सदस्यहरूले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढङ्गले संसद्मा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

उनले विकास निर्माण सम्बन्धी र जनताका सरोकारका मुद्दाहरूमा पार्टीका तर्फबाट अगुवाइ र नेतृत्व गर्ने गरी उठाउनुपर्ने आवाज उठेको बताए । उनले आजको बैठकमा विभाजित भएका नौ वटा समूहमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सविस्तार छलफल भएको बताए । उनले बिहीबारको बैठकमा छलफल भएका कुरालाई राख्ने गरी नेतृत्व तोकिएको बताए ।

उनले भने, ‘पार्टी केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन हिजो विभाजित भएका नौ वटा समूहरतमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरूमाथि सविस्तार छलफल भएको छ । विभाजित भएका नौ वटा टिमहरूमा प्रत्येक टिमबाट प्रस्तुत कार्य योजनालाई भोलि केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने गरी टिम लिडर तोकिएको छ । कोशीबाट पार्टी अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशमा चण्डेश्वर मण्डल, बागमतीमा कैलाश ढुङ्गेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा गुलावजंग शाह र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीले र जनसङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । आज प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने । पार्टीभित्र एउटा आचारसंहिता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरू, विधि पद्धतिका कुराहरूलाई नियन्त्रण गर्नुपर्ने । त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेका छन् । संसदीय क्षेत्रको काम कमजोर भयो, संसदीय विभाग र दललाई प्रभावकारी ढङ्गले संसद्मा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि यहाँ बहसमा मुद्दाहरू उठेका छन् । त्यसरी नै जनताको विकास निर्माण सम्बन्धी जाने एजेन्डाहरू छन् । त्यसलाई दरो गरी पक्रेर । जनताका सरोकारका मुद्दाहरूमा पार्टीका तर्फबाट अगुवाइ र नेतृत्व गर्ने गरी उठाउनुपर्छ भनेर बहस भएको छ ।’

उनले प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहिता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरू, विधि पद्धतिका कुराहरूलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ