arrow

एमाले केन्द्रीय कमिटी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
uml-7-central-meeting.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलवारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका थिए ।

 जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए । 

त्यस्तै पार्टीव्यापी रूपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्य योजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । 

खाकासम्बन्धी प्रस्तुत गरिएका कार्य योजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । सम्पूर्ण पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन, विभागहरू गरी नौ समूहमा आजबाट छलफल प्रारम्भ हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ