arrow

परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
np-saud-prachanda-visit.jpg

काठमाडौँ। परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज भारत भ्रमणमा निस्कँदै छन् । 

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज उनी नयाँ दिल्ली जान लागेका हुन् । 

 मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ