arrow

कांग्रेस महासमिति बैठक

के छ अर्थमन्त्रीको प्रतिवेदनमा ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
428981788_362733703325729_5381356619281592010_n.jpg

गोदावरी ललितपुर । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । 

पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टिच्युसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिए । उनले सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरेका छन् । 

“सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ,” उनले लेखेका छन्, “सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएको छ । यस निकायले कार्यारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ ।”

प्रतिवेदनमार्फत डा. महतले देशको अर्थतन्त्र ‘समस्या मुक्त भइनसकेको’ उल्लेख गरेका छन् । आर्थिक परिसूचक अनुकूल भए पनि राजश्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको स्वीकार उनको छ । 

“अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक कृयाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,” उनले प्रतिवेदन प्रस्तुत गर्दै भने । 

प्रतिवेदन प्रस्तुत गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारी बिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गरेका छन् । 

सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताए । 

“अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ,” उनले भने, “वैदेशिक साहयताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशत जतिमात्र रहेको छ ।”

अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारका संभावनाका क्षेत्रहरूमा जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरण, पर्यटन, सूचना प्रविधिको क्षेत्र औँल्याएका छन् । 

पूर्ण पाठ–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ