arrow

चुनावी नतिजा नआउँदै बलुचिस्तानमा नौ वटा ग्रेनेड आक्रमण

logo
एजेन्सी,
प्रकाशित २०८० माघ २५ बिहिबार
pti-pakistan-election-2024.jpg
तस्बिर : फाइल

क्वेटा। पाकिस्तानको आम निर्वाचनको अन्तिम नतिजा नआउँदै पाकिस्तानको मक्रन डिभिजन र क्वेटाका विभिन्न भागहरूमा उम्मेदवारहरूको चुनावी कार्यालयहरूलाई लक्षित गरी कम्तीमा नौ वटा ग्रेनेड आक्रमणहरू भएका छन्।

मोटरसाइकलमा सवार व्यक्तिहरूले अबेर साँझ क्वेटाको बाहिरी भागमा रहेको किल्ली अहमदजाईको सरकारी विद्यालयमा हाते ग्रेनेड प्रहार गरेको प्रहरीला२ उद्धृत गर्दै डनले रिपोर्ट गरेको छ। डन रिपोर्टका अनुसार मतदान केन्द्रको रूपमा तोकिएको विद्यालयको आँगनमा ग्रेनेड विस्फोट भएको थियो।

कानून प्रवर्तन एजेन्सीहरूले पासनीको सरकारी विद्यालयमा भएको आक्रमणलाई विफल पारे, जहाँ बागबजार सरकारी विद्यालय नजिकै विस्फोटक पदार्थ फेला परेको थियो। लगत्तै बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो।

राष्ट्रिय डाटाबेस तथा पञ्जीकरण प्राधिकरणको कार्यालयलाई लक्षित गरी ग्रेनेड प्रहार गरी झ्यालका सिसामा क्षति पुगेको छ। घटनामा कुनै पनि चोटपटक नभएको डनले जनाएको छ।

यसबाहेक, बलुचिस्तान नेश्नल पार्टी (मेङ्गल) (बीएनपी-एम) को राष्ट्रिय सभाका लागि उम्मेदवार मीर मोहम्मद याकूबको घरमा ग्रेनेड आक्रमण गरिएको थियो। यसैबीच, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उम्मेदवार मीर मोहम्मद अस्लम बुलेदीको बुलेदाको घरमा आक्रमण भएको छ।

पञ्जगुर सहरमा दुई वटा विस्फोट भएको रिपोर्ट गरिएको थियो, जहाँ नेशनल पार्टीका नेता अब्दुल कादीर साजदीको घर र स्वतन्त्र उम्मेदवार नूर बलोचको घरलाई निशाना बनाइएको थियो। आक्रमण भए पनि दुई नेता भने सकुशल छन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का उम्मेदवार आगा गुल आफ्नो निवासमा भएको ग्रेनेड आक्रमणबाट बच्न सफल भएका छन्। यसबाहेक, रिपोर्टहरूले बलुचिस्तानको केचको टम्प क्षेत्रमा सुरक्षा बलको पोस्टमा आक्रमण भएको सङ्केत गरे, जहाँ पीआरजी-७ प्रोजेक्टाइल फायर गरिएको थियो, जसले पोस्टको नजिकै विस्फोट गराएको थियो। डनको रिपोर्टका अनुसार आक्रमणमा कुनै हताहत भएको छैन।

बलुचिस्तानको नुस्की जिल्लामा पाकिस्तानको निर्वाचन आयोगको कार्यालय बाहिर अर्को बम विस्फोट भएको एआरवाई न्यूजले रिपोर्ट गरेको छ। यद्यपि हालसम्म कुनै हताहतको खबर आएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ