arrow

३५ किलो चरेशसहित दुईजना भारतीय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
nepal-police12.jpg

बारा ।  लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । 

भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

अभिव्युक्तहरुको साथबाट  लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस  हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो । 

अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच  दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ