भाटभटेनीका मालिक मीनबहादुरलाई दुई वर्ष कैद र ८० लाख जरिबाना
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौंँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ दोषी पाइएका छन् । विशेष अदालतले बिहीबार उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।
उनलाई गैरकानूनी लाभ लिएको ठहर गर्दै अदालतले दोषी ठहर्याउँदै सजाय सुनाएको हो ।
अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङ दोषी पाइएका हुन् ।
उनीसँगै रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि अदालतले समान सजाय ताकेको छ । (फैसलाको १४ औँ पृष्ठ)