arrow

पैदलयात्री लुट्ने देवकोटा पक्राउ, दुई फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
adarsha-devkota-kaskipolice.jpg

पोखरा । पोखरामा पैदलयात्रुलाई लुटपाट गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

यस प्रकरणमै जोडिएका २ जना भने फरार छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भइ हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष २४ को आदर्श देवकोटा रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका अनुसार देवकोटासहित ३ जनाले शनिबार राति करिब १० बजे पोखराको सभागृहचोकस्थित सडकमा हिँडिरहेका एक पैदल यात्रीलाई धम्क्याएर लुटपाट गरेका थिए । उनले ती यात्रीसँग १ हजार ३ सय रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका देवकोटाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । फरार दुई जनाको खोजी भइहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ