arrow

काठमाडौँमा हत्याका दुई घटनाका आरोपी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
pakrau9.jpg

काठमाडौँ । काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका-९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा शनिबार एक महिला मृत भेटिएकी थिइन् । 

एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन् भने उनीसँगै आएका पुरुष फरार थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आङ्कामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ तर आरोपीहरुको पहिचान खुलाइएको छैन ।

उक्त दुवै घटनाको विषयमा सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ