arrow

पोखरामा श्रृङ्खलाबद्ध चोरी, दिपेश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
dipesh-pariyar-choi-pokhara.jpg

पोखरा । पोखराका विभिन्न स्थानमा श्रृङ्खलावद्ध चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा पोखरा महागरपालिका वडा नं. १४ का २१ वर्षीय दिपेश परियार रहेका छन् ।

उनले माघ महिनाको विभिन्न मितिमा ६ स्थानमा चोरी गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीका अनुसार दिपेशले माघेसंक्रान्तिको दिन बिहान करिब ५ बजे पोखरा-६ लेकसाइडस्थित सोल ओरिजिन क्याफेमा चोरी गरेका थिए । उनले त्यहाँबाट नगद १० हजार रुपैयाँ, रक्सी, चुरोट, ट्याव लगायतका सामाग्री गरि ८७ हजार ५ सय २५ रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले उल्लेख गरेको छ ।

माघ १३ गते उनले एकै दिनमा पोखराका दुई स्थानमा चोरी गरेका थिए । राति २ बजे पोखरा-५ जिरो किमिको कफी बक्स क्याफेमा उनले चोरी गरेका थिए । सो क्याफेबाट उनले नगद १५ हजार रुपैयाँसहित विभिन्न सामाग्री गरि ८९ हजार १ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।

सोही दिन उनले (समय उल्लेख नभएको) लेकसाइडको सेन्टर प्वाईन्टस्थितमा रेष्ट्रो लाउञ्ज बारबाट नगद ३५ हजार र चुरोटसहित ३५ हजार ९ सय ६० रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले उल्लेख गरेको छ ।

यसैगरी उनले माघ १६ गते ३ स्थानमा चोरी गरेको प्रहरीले जनाएको छ । राति ३ः५० बजे लेकसाईड फुटट्याकस्थित सोप्निल दरबार खाजा घरमा चोरी गरेका थिए । उनले त्यहाँबाट नगद, रक्सी, चुरोट लगायतका सामाग्री गरि कूल २७ हजर २ सय ८० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

सोही बिहान करिब ४ बजे उनले लेकसाइडस्थित एलिज क्याफेबाट नगद, गिटार, चुरोट लगायतका सामाग्री गरी कूल १२ हजार ६ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

बिहान ४ः३० बजे उनले टोनिक लाउञ्ज एण्ड बारमा नगद रु.१३ हजार, रक्सी र चुरोट गरी १९ हजार १ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा धनमाल चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरीले चोर खोजी गर्नेक्रममा परियारलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

परियारको साथबाट चोरी भएका केही सामाग्री बरामद भएको र अन्य धनमालको विषयमासमेत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको परियारविरुद्ध जिल्ला अदालत कास्कीमा चोरी तथा डाँकासम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ