arrow

आठ जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
kouda-tash-juwa.jpg
फाइल तस्बिर

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट ८ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकबाट बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट तास र ५७ हजार १ सय ९५ रुपैयाँ बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा २७ तालचोकका बर्ष ५६ का दल्बहादुर गुरुङ, ४० वर्षीय कुमबहादुर गुरुङ, सैनिकबस्तीकी ३३ वर्षीया शान्ता मल्ल ठकुरी, पोखरा ३१ मोहरियाका ३७ वर्षीय जीवन शाही छन् ।

यसैगर पोखरा २९ सैनिकबस्तीकी ३६ वर्षीया सीतादेवी गुरुङ, ५७ वर्षीय तुलबहादुर पुन, ५६ वर्षीय भूपाल गुरुङ र ४८ वर्षका दुर्गा गुरुङलाई पनि रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध जिल्ला अदालतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी विकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ