arrow

सुत्केरीको हेलिकप्टरबाट उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
uddar-helicoptor-2079.jpg
फाइल तस्बिर

मान्म । कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका-६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको हेलिकप्टरमा उद्धार गरिएको हो । 

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पुर्याएका थिए ।

सुत्केरी हुन नसक्दा उनलाई हिजो हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताए । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उनले भने । 

सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ