arrow

सांसद शर्मा केएमसीको टोलीसहित बैतडीको पाटनमा, २८ सय बिरामीको निःशुल्क उपचार [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
sunil-sharma-kmc-2080-10-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै हिँडिरहेका छन् । 

सो क्रममा बुधबार बैतडीको पाटनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । पाटन नगरपालिकाको आयोजनामा कृष्ण मावि पाटनमा भएको शिविरमा दुई हजार ७७५ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायण दाहालले हाम्राकुरालाई बताए । 

जसमा १९५ जनाले ईसीजी, ३७४ जनाले ल्याब, २२३ जनाले अल्ट्रासाउन्ड, ९३ जनाले इको सेवा लिएका छन् । 

९१ जनाको दाँत खोलिएको छ । साथै १६४ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया निःशुल्क गरिने दाहालले बताए । 

बुधबारको कार्यक्रमको सभापतित्व नगरप्रमुख गौरी सिंह रावलले गरेका थिए । यस्तै प्रमुख अतिथि सांसद डा. सुनील शर्मा रहेका थिए । 

विशिष्ट अतिथिमा कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्द रहेका थिए ।

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

डा. शर्मा स्वास्थ्य टोली लिएर २५ गते डडेलधुरा जानेछन् । 
 

kmc-baitadi-patan-2080-10-24 (1).jpg
kmc-baitadi-patan-2080-10-24 (2).jpg
kmc-baitadi-patan-2080-10-24 (3).jpg
kmc-baitadi-patan-2080-10-24 (4).jpg
kmc-baitadi-patan-2080-10-24 (5).jpg
kmc-baitadi-patan-2080-10-24 (6).jpg
kmc-baitadi-patan-2080-10-24 (7).jpg
kmc-baitadi-patan-2080-10-24 (8).jpg
kmc-baitadi-patan-2080-10-24 (9).jpg
kmc-baitadi-patan-2080-10-24 (10).jpg
kmc-baitadi-patan-2080-10-24 (11).jpg
kmc-baitadi-patan-2080-10-24 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ