arrow

अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा निस्कँदै परराष्ट्र मन्त्री

हिन्द महासागर सम्मेलनमा भाग लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
np-saud-2080-04-21.JPG

काठमाडौँ। आज परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा निस्कदैछन् । 

आज साउद अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने छन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रूपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेश मन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 

साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । 

परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजील्याण्डका विदेश मन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् । 

उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ