पाकिस्तानको लागि सुराकी गर्ने व्यक्ति उत्तर प्रदेशको मेरठबाट समातियो
एजेन्सी,
प्रकाशित २०८० माघ २१ आइतबार
668
Shares
लखनउ। उत्तर प्रदेशको एन्टी टेररिस्ट स्क्वाड (एटीएस)ले रुसको मस्कोस्थित भारतीय दूतावासमा काम गर्ने एक युवकलाई मेरठबाट पक्राउ गरेको छ। उनीमाथि पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको लागि सुराकी गरेको आरोप छ।
उत्तर प्रदेश एटीएसका एडीजी मोहित अग्रवालले एटीएसले सुराकी गरेको आरोपमा हापुड़ निवासी सत्यैन्द्र सिवाललाई पक्राउ गरेको बताए। उनी २०२१ देखि नै मस्कोस्थित दूतावासमा इण्डिया बेस्ट सिक्योरिटी असिस्टेन्टको पदमा कार्यरत छ। जाँचबुझमा आरोपीले भारतीय दूतावास, रक्षा मन्त्रालय, विदेश मन्त्रालय अनि भारतीय सैन्य इन्स्टिट्यूटका महत्त्वपूर्ण गोपनीय सूचनाहरू पाकिस्तानी ह्याण्डलरहरूलाई पठाएको कुरालाई स्वीकारेको छ। उनको जाँच गर्दा मोबाइल फोन, आधार कार्ड, प्यान कार्ड एवं एउटा पहिचान पत्र भेटिएको छ।