arrow

फरार चार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक अपराधमा तीन र बैंकिङ कसुरमा एक गरि चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ४ का वर्ष ३२ का रबिन राना मगर रहेका छन् । बैङ्किङ कसुरमा अदालतले १५ दिन कैद सजाय र ६ लाख रुपैयाँ जरीवानाको फैसला गरेको थियो । त्यसपछि फरार भएका मगरलाई प्रहरीले पक्राउ गरि आज अदालतमा पेस गरेको हो ।

यसैगरी सार्वजनिक अपराधमा अदालतको फैसलापछि फरार भएका साबिक गोरखा नगरपालिका वडा नं. ४ घर भइ हाल वडा नं. ५ बस्दै आएका वर्ष ५६ का श्यामबहादुर परियारलाई पनि पक्राउ गरि आज अदालत पेस गरेको प्रहरीले जनाएको छ । अदालतको फैसला अनुसार उनले १ हजार रुपैयाँ जरीवाना तिर्नुपर्नेछ ।

यस्तै, सार्वजनिक अपराध मुद्धामै अदालतको फैसलापछि भागेका गोरखा नगरपालिका वडा नं. ५ का वर्ष ४५ का मेत्तर भन्ने मानबहादुर आले र गोरखा नगरपालिका वडा नं. ६ का वर्ष ४० का रन्जित सिर्मललाई पक्राउ गरि अदालत पेस गरिएको प्रहरीले जनाएको छ । अदालतको फैसला अनुसार उनीहरुले जनही एक हजार रुपैयाँ जरीवाना तिर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ