arrow

दुई फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
rittik-pariyar-deepa-lamichhane.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११ लामिछाने टोल घर भई हाल फूलबारी बस्दै आएकी वर्ष ४४ की दीपा लामिछाने रहेकी छन् ।

यहि माघ ५ गते अदालतले बिगो लेनदेन मुद्धामा लामिछानेलाई एक बर्ष कैद सजाय फैसला गरेको थियो । उनी त्यसै दिनदेखि फरार भएकी थिइन् । 

उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

यता, लागू औषधसम्बन्धी मुद्धाका एक भएका पोखरा महानगरपालिका वडा नं. २० घर भई हाल पोखरा १६ दीप बस्दै आएका वर्ष २६ का रितिक परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

कास्की प्रहरीका अनुसार जिल्ला अदालतले गत असोज १५ गते लागूऔषध सम्बन्धी मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो । सोही दिनदेखि परियार फरार थिए । 

उनलाई पक्राउ गरी मंगलबार अदालत पेस गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ