arrow

सांसद सुनील शर्मा केएमसीको स्वास्थ्य टोली दार्चुलामा, २४ सय बिरामीको उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
kmc-dadeldhura-2080-10-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै हिँडिरहेका छन् । 

सो क्रममा मंगलबार दार्चुलामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको छ । शैलेश शिखर नगरपालिका गोकुलेश्वरको आयोजनामा गोकुलेश्वर माविमा भएको शिविरमा दुई हजार ३६४ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायण दाहालले बताए । 

जसमा १९७ जनाले ईसीजी, ४०१ जनाले ल्याब, ३८५ जनाले अल्ट्रासाउन्ड, १६४ जनाले इको सेवा लिएका छन् । 

१०३ जनाको दाँत खोलिएको छ । साथै १४६ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रियाको शुल्क नलाग्ने डा. शर्माले बताएका छन् । 

मंगलबारको कार्यक्रमको सभापतित्व नगरप्रमुख विजय सिंह धामीले गरेका थिए । त्यस्तै प्रमुख अतिथिका रुपमा सांसद दिलेन्द्रप्रसाद बडू रहेका थिए । डा शर्मा विशिष्ट अतिथि रहेका थिए ।  

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

डा. शर्माले स्वास्थ्य टोली लिएर २४ गते बैतडीको पाटन र २५ गते डडेलधुरा जानेछन् । 
 

kmc-dadeldhura-sunil-sharma (1).jpg
kmc-dadeldhura-sunil-sharma (2).jpg
kmc-dadeldhura-sunil-sharma (3).jpg
kmc-dadeldhura-sunil-sharma (4).jpg
kmc-dadeldhura-sunil-sharma (5).jpg
kmc-dadeldhura-sunil-sharma (6).jpg
kmc-dadeldhura-sunil-sharma (7).jpg
kmc-dadeldhura-sunil-sharma (8).jpg
kmc-dadeldhura-sunil-sharma (9).jpg
kmc-dadeldhura-sunil-sharma (10).jpg
kmc-dadeldhura-sunil-sharma (11).jpg
kmc-dadeldhura-sunil-sharma (12).jpg
kmc-dadeldhura-sunil-sharma (13).jpg
kmc-dadeldhura-sunil-sharma (14).jpg
kmc-dadeldhura-sunil-sharma (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ