arrow

कर्मकाण्ड गर्ने पण्डितको परीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
pitri-bhakti.jpg
तस्बिर – फाइल ।

देवघाट । देवघाटधाममा कर्मकाण्ड गर्ने पंडित पुरोहितहरुलाई परीक्षा लिइएको छ । देवघाट क्षेत्र विकास समितिले बेणी संगममा चितवनतर्फ बसेर कर्मकाण्ड गर्नको लागि पण्डितहरुलाई मौखिक परीक्षा लिएको हो ।

परीक्षामा उनीहरुको प्रस्तुतिको आधारमा कर्मकाण्ड गर्ने प्रमाणपत्र दिइने क्षेत्र विकास समितिले जनाएको छ । पंडिहरुको प्रस्तुतिको आधारमा उनीहरुले गराउने कर्मकाण्डको प्रकारको प्रमाणपत्र लिइने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । 

पण्डितहरुले प्रमाणपत्रमा उल्लेख बाहेकको अन्य कार्य गरेको भेटिए कारबाही गरिने कार्यकारी निर्देशक बरालले बताए । देवघाटधाममा बस्ने पण्डितहरुले विधि नपुर्याइ कर्मकाण्ड लगायतका धार्मिक काम गरेको गुनासो आएपछि क्षेत्र विकास समितिले परीक्षा लिएको हो । 

साथै देवघाटका पण्डितहरुले भक्तजनसँग धेरै रकम असुलेको गुनासो आएपछि त्यस्तो कार्यलाई नियमन गर्न पनि परीक्षा लिइएको समितिले जनाएको छ ।

पण्डित परीक्षा समितिका संयोजक तथा विज्ञ एवं सिताराम संस्कृत मावि देवघाट चितवनका सहायक प्राचार्य अर्जुन पाण्डेयले सबै विधि नजानेका पण्डितहरुबाट धेरै भक्तजन ठगिएको र विधि नपुर्याइ कर्मकाण्ड हुने गरेको जनगुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न परीक्षा लिइएको बताए ।

पाण्डेयका अनुसार उक्त परीक्षामा ९ जना पण्डित सहभागी भएकोमा एक जनाले मात्रै कर्मकाण्डका सबै विधि गर्न पाउने गरी उत्तीर्ण भएका छन् भने बाँकीमध्ये केहीले श्राद्ध मात्रै, केहीले ब्रतबन्ध मात्रै गराउन पाउने प्रमाणपत्र पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ