arrow

सीके राउतको पार्टीले सरकार नछोड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
ck raut.jpg

काठमाडौँ। अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतको जनमत पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । 

आइतबार बसेको जनमत पार्टीको सचिवालय बैठकले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको हो । 

बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । 

बैठकले जनताको कामलाई सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।

बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत् आमसभा गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता यादवका अनुसार पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष सीके राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ