arrow

लुडो खेल्ने पाँच जनाविरुद्ध मुद्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
ludo-play.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लुडो खेल्ने पाँच जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।

शनिबार साँझ ७ बजे पोखरा महानगरपालिका वडा नं. ११ धरहरा मार्गमा लुडो खेलिहेका पाँच जनालाई पक्राउ गरेर मुद्धा चलाएको हो ।

उनीहरुलाई जुवासम्बन्धी मुद्धा नै चलाइएको हो । उनीलाई प्रशासनबाट पाँच दिनको म्याद लिएर हिरासतमै राखिएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पक्राउ परेकाहरुको साथबाट ७२ हजा २ सय २५ रुपैयाँ नगद बरामद भएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंं ११ फूलवारीका वर्ष ३२ को प्रदिप बहादुर गुरुङ, वर्ष ३० का सुनिल सारु मगर, वर्ष ४५ की धनश्री पुन, वर्ष ४८ का किसान पुन र लेकसाइडका वर्ष ३९ का विकास विक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ