arrow

रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
rato-machhendranath.JPG

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधवार दिउँसो तःबहाल लगिएको हो । 

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ । 

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथ जात्राका रूपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यात्रा लिच्छवीकलादेखि निरन्तर चल्दै मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ