arrow

नेप्टीले ७५ वर्षमा नागरिकता पाउँदा झरे हर्षका आँसु

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ १६ मंगलबार
nepti-darji-citizenship-75y.jpg

मोरङ । लेटाङ नगरपालिका वडा नं ३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । नागरिकता प्राप्तिसँगै नेप्टीका आँखामा हर्षका आँसु झरे ।

 घर परिवारविहीन दर्जीका अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिकताविहीन हुनुपरेको थियो । नेप्टीलाई सोमबार मोरङका सहकायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहाले लेटाङ नगरपालिकाको परिसरमै आएर नागरिकता हस्तान्तरण गरेका छन् । 

दर्जीले लेटाङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष डम्बरबहादुर राईको पहलमा नागरिकता प्राप्त गरेकी हुन् । 

बोल्न, सुन्ने नसक्ने दर्जी शारीरिक रुपमासमेत अशक्त रहेकी छिन् । नेप्टी दर्जीले नागरिकताबाट बन्चित हुँदा राज्यबाट पाउने सेवा सुविधाबाटसमेत बन्चित हुनुपरेको थियो ।

दर्जी चार दशकअघिदेखि लेटाङ नगरपालिका बजार आसपास बेसाहारा भै बस्दै आएकी थिइन् । दर्जीको नागरिकतामा सनाखत गर्ने कोही नभएकाले उनले नागरिकता पाउन बन्चित हुनु भएको थियो । 

उनको नागरिकतामा लेटाङ नगरपालिका वडा नं ३ का वडाध्यक्ष डम्बरबहादुर राईले सनाखत गरेका थिए । एक सहाराविहीन आमालाई नागरिकता दिलाई वडाध्यक्ष राईले सिङगो लेटाङ नगरपालिकाको इज्जत बढाउन सफल भएको नगर प्रमुख भुपेन्द्रकुमार लावतीले बताए ।

वडाध्यक्ष राईले मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहअनुसार नेप्टी दर्जीको संरक्षक भै नागरिकता दिलाउन सफल भएको बताए । 

नागरिकता हस्तान्तरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शाहाले नेपालको संविधान २०७२ ले दिएको अधिकारका आधारमा नेप्टी दर्जीलाई नागरिकता दिइएको र यसलाइ नयाँ संविधानको उपलब्धिको रुपमा लिन सकिने बताए । 

अब नेप्टी दर्जीले राज्यले दिने सेवा सुविधा पाउने भएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ