arrow

ढाड सेक्ने काम भएको भन्दै तत्काल कर वृद्धि फिर्ता लिन राप्रपा नेपालको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
deepak-subedi-rpp-nepal.jpg

पोखरा । राप्रपा नेपाल कास्कीले कर घटाउन माग गर्दै पोखरा महागरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमार्फत राप्रपाले कर वृद्धिले पोखरावासीको ढाड सेक्ने काम भएको भन्दै तत्काल कर वृद्धि फिर्ता लिन माग गरिएको छ ।

कर वृद्धिको निर्णय फिर्ता नभए दवावमूलक कार्यक्रमसहित सशक्त आन्दोलन गर्ने चेतावनी राप्रपाले दिएको छ ।

महानगरपालिकाले दुई सय प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै राप्रपाले जनतामाथि थोपरिएको यस्तो भार कदापि सैह्य नहुने स्पष्ट पारेको छ ।

कर वृद्धि पोखरेली जनताको मर्म र भावना अनुकूल नभएको र विकास निर्माणमासमेत गुणस्तरहीन काम भएको राप्रपाले उल्लेख गरेको छ ।

देशमा चरम आर्थिक मन्दीको अवस्थामा पनि जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाउनुलाई राप्रपाले विडम्वना भनेको छ ।

भ्रष्टाचार मुक्त राज्य र साविककै राजश्व कायम गरेर जनतालाई राहत प्रदान गर्न माग गरिएको अध्यक्ष डा. दीपक सुवेदीले जानकारी दिए ।

राप्रपा नेपाल कास्कीका सचिव पं. गणेश अधिकारीले पार्टीको जायज मागलाई बेवास्ता गरिए सशक्त आन्दोलन स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ